धनगढीमा भीषण आगलागी, अस्पतालसहित जले पसल

नेपालभ्युज

धनगढीमा भीषण आगलागी, अस्पतालसहित जले पसल
फाइल फोटो

धनगढी । धनगढीमा भीषण आगलागी हुँदा अस्पतालसहित पसल जलेका छन् ।

गएराति प्रदेशसभा भवन नजिकै आगलागी हुँदा अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीकाअनुसार विद्युत् सर्ट भएर राति १ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved