विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य, मिलरको शतक

नेपालभ्युज

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य, मिलरको शतक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ।

भारतको इडेन गार्डेनमा जारी दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रन बनाएर अलआउट भएको हो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले शतकीय पारी खेले। उनले ११६ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै १०१ रन बनाए। हेनरिक क्लासेनले ४७ रन बनाए।

अष्ट्रेलियाको लागि मिचेल स्टार्क र प्याट कमिन्सलले ३ तथा जोश हेजलवुड र ट्राभिस हेडले २–२ विकेट लिए।

दक्षिण अफ्रिकाले २४ रनमा चार विकेट गुमाएको थियो । मिलर र क्लासेनले टिमको लाज बचाएका हुन् ।

पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved