जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

नेपालभ्युज

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

काठमाडौं । सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्ने बताएको छ । युएईको दुबईमा मङ्सिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलन ९कोप–२८० मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रूपमा प्रस्तुत गर्ने बताएको हो ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रस्तुत हुने बताए । उनले सरकारले कुन कुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरूसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने बताए ।

राम्रो एजेन्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरको बारेमा विश्व मञ्चमा आफ्नो आवाज उठाउन सक्ने उनको धारणा छ । उनले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्ला एक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए ।

हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने भन्दै उनले हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरू मिलेर आवाज उठाउन सकिने बताएका छन् ।

त्यहाँ सबै देशका जानुहुन्छ, त्यसलाई अवसरका रूपमा लिने गरी अनौपचारिक रूपमा भेटघाट गरेर हाम्रा समस्याहरू राख्नेछौँ । त्यसले क्लाइमेट फाइनान्स, सपोर्ट, एक्सनमा सहयोग पुग्नेछ,’ उनले भने ‘माउण्टेनको एजेण्डामा एक्लै बोलेर पनि हुँदैन, अरू देशसँग सरसल्लाह गरेर अघि बढाउनुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved