किन रोकियो चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन ?

नेपालभ्युज

किन रोकियो चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन ?

काठमाडौं । शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएका छन् । “हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ ।

यसबारे निर्देशक बस्नेतले फेसबुक लाइभमार्फत पनि जानकारी गराएका छन् । “उत्साहका साथ मानिसहरू आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौँ, तबसम्म फिल्म चलाउँदैनौँ । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौँ,” उनले भनेका छन् ।

उनकाअनुसार, अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ ।

आफूहरूले समान व्यवहार चाहेकोभन्दै उनले भने,”जतिसम्म शो चलिरहन्छ त्यतिञ्जेल प्रोड्यूसरले ५०/५० प्रतिशत शेयर समेत पाउनुपर्छ भन्ने हाम्रो माग हो ।”

उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरूले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरूले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्टिब्यूटरको शेयर, करहरु लगायत काटिन्छ । “तेस्रो हप्तामा निर्माताले पाउने भनेको ३५ प्रतिशत हो, फिल्मको वर्ड अफ माउथ राम्रो हुँदै अहिले बल्ल अकुपेन्सी दैनिक बढिरहेको छ । हल भरिँदै गएको छ, तर शो घट्दै गएको छ । विदेशी फिल्मको व्यापार घट्दै जाँदा मात्र बढी पाउने हिसाबको देखिएको छ, त्यतिबेला निर्माताले कति प्रतिशत पाउँछन्,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved