महोत्तरीमा डाका र प्रहरीबीच झडप, ४ जना घाइते

महोत्तरीमा डाका र प्रहरीबीच झडप, ४ जना घाइते

जनकपुरधाम । महोत्तरीमा मंगलबार राती डाका र प्रहरी बीच झडप भएको छ। प्रहरीले दुई जना डाकाहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय जलेश्वर ल्याउने क्रममा झडप भएको हो । डाकाहरु भाग्न खोज्दा भिडन्त भएको प्रहरीले जनाएको छ ।

महोत्तरी लगायत मधेस प्रदेश का विभिन्न जिल्लाहरुमा चोरी डकैती लगायत अपराधीक क्रियाकलाप गरेर फरार रहेका उनीहरुलाई पक्राउ गरेर ल्याउने क्रममा सोनमा गाउँपालिका ५ मा भिडन्त भएको हो ।

कार्तिक २० गतेको डकैती घटनामा संलग्न  लालबन्दी नगरपालिका  २ बस्ने ३२ वर्षीय शक्ती पासवान र ३३ वर्षीय अजय पासवानलाई रौतहटको गरुडा नगरपालिका ४  बाट   नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिँदा पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ थान समेत बरामद गरेको थियो । पक्राउ परेका दुवै जना गाडीबाट हामफाली भाग्न खोज्दा प्रहरीले चलाएको गोलीबाट दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको प्रवक्ता गिरीले बताए ।

दुवै घाइते अभियुक्तको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनिहरुलेले गत कार्तिक २० गते   जलेश्वर नगरपालिका ८ का भुवनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरूको ताल्चा फुटाइ  घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको आरोप छ ।

महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार पक्राउ परेका डाकाहरु माथि विभिन्न किसिमको ११ ओटा मुद्दा चलिरहेको छ । उनिहरुले कार्तिक महिना भित्र मात्र महोत्तरीमा २ धनुषामा १ र रौतहटमा १ डकैती र लुटपाट गरेका छन् । उनिहरुलाई  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम  सजाय हुने एसपी मल्लले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved