रातको समयमा जुठो भाँडा किन राख्नु हुँदैन ?

नेपालभ्युज

रातको समयमा जुठो भाँडा किन राख्नु हुँदैन ?

एजेन्सी । हिन्दु धर्ममा केही त्यस्तो नियमहरु लामो समयदेखि चल्दै आइरहेका छन् । जस्तै बिहान छिटो उठेर पूजापाठ गर्ने, सूर्यास्तपछि कुचो नलगाउने आदि । यही मध्ये एउटा अर्को नियम छ रातको समयमा जुठो भाँडा नराख्ने । वास्तु शास्त्रका अनुसार यसो गर्नाले घरमा नकारात्मकता रहन्छ ।

  •  ज्योतिषका अनुसार रातको समयमा जुठो भाँडा छोड्नाले मंगल ग्रहको नकारात्मक प्रभाव पर्दछ । यसले घरमा दुःखको आगमन हुन थाल्छ । किनकी भाँडाको सम्बन्ध मंगल ग्रहसँग हुन्छ ।
  •  रातको समयमा जुठो भाँडाहरु राख्दा चन्द्रमा र शनि रिसाउने मान्यता समेत रहेको छ । यसले घरमा आर्थिक हानी ल्याउने कारण बन्न सक्छ ।
  •  रातमा भान्सामा जुठा भाँडा राख्नाले व्यक्तिमा मानसिक तनाव पनि बढ्न सक्छ । यसले गर्दा रातभर जुठो भाँडा राख्नु हुँदैन ।
  •  धार्मिक मान्यताअनुसार भान्सामा सरसफाई गर्नाले पवित्रता तथा उन्नती प्रगति हुन्छ । जुठो भाँडा रातभर रहँदा अशुद्धतालाई बढावा दिन्छ । जसलाई अशुभ पनि मानिन्छ ।
  •  त्यस्तै रातको समयमा भाँडा जुठै राखेर सुत्ने गरेमा माता लक्ष्मी रिसाउने मान्यता पनि हिन्दु धर्ममा रहेको छ । जसले गर्दा घरमा आर्थिक उन्नती हुँदैन र धन पनि व्यर्थको कार्यमा खर्च हुन्छ ।
  •  यसले घरमा सदस्यबीच मनमुटाव पनि ल्याउन सक्छ । घरको सुखशान्तिमा पनि नराम्रो असर पर्न जान्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved