तिहारपछि पनि गठबन्धनमा गडबड नहुने कांग्रेस नेता सिंहको दाबी

नेपालभ्युज

तिहारपछि पनि गठबन्धनमा गडबड नहुने कांग्रेस नेता सिंहको दाबी
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तिहारपछि पनि सत्तागठबन्धनमा गडबढ नहुने दाबी गरेका छन् ।

संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्तागठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने उनको भनाइ छ ।

लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताएका हुन् ।

‘गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो’, उनले भने, ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।’

नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved