चिनियाँ प्रतिनिधि मण्डलले भेट्यो प्रधानमन्त्री

नेपालभ्युज

चिनियाँ प्रतिनिधि मण्डलले भेट्यो प्रधानमन्त्री

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको छ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई बिहीबार शिष्टाचार भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटमा आपसी हित र चासोका विविध विषयमा छलफल भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले चीन सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको बताएका थिए ।

जवाफमा सचिव जुनझेङले चीनले विविध विषयहरूमा नेपालसँग मिलेर काम गर्न चाहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved