फिल्मबाट टाढा रहेर पनि करोडौं कमाउँछन् बलिउडका यी कलाकार

नेपालभ्युज

फिल्मबाट टाढा रहेर पनि करोडौं कमाउँछन् बलिउडका यी कलाकार

एजेन्सी । बलिउडमा यस्ता कलाकार छन् जो अहिले फिल्मबाट टाढा रहेर पनि करोडौं कमाइरहेका छन् । आज हामी ती कलाकार बारे बताउनेछौं जो फिल्मबाट टाढा रहेर पनि मनग्ये आम्दानी गरिरहेका छन् ।

लामो समय फिल्म जगतमा काम गरेका उदय चोपडा अहिले फिल्मबाट टाढा छन् । तर एक रिपोर्टअनुसार उनको वार्षिक कमाई ५ करोड भारतीय रुपैयाँभन्दा धेरै छ ।

सन् २०१४ देखि नै रेखाले फिल्मबाट दुरी बनाइरहेकी छन् । तर, यी अभिनेत्रीले अहिले पनि करोडौं कमाई गर्छिन् । उनको जीवनशैलीमा अहिले पनि कुनै परिवर्तन भने आएको छैन ।

शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टीले पनि कुनै समय फिल्ममा काम गरेकी थिइन् । तर, उनले अहिले फिल्मबाट दुरी बनाए पनि करोडौं कमाई गर्छिन् ।

चर्चित अभिनेत्री बिपाशा बसु विगत आठ वर्षदेखि फिल्मबाट टाढा छन् । तर, उनको कमाइ पनि पहिलेभन्दा कम छैन ।

९० को दशककी चर्चित अभिनेत्री करिश्मा कपूरको पनि नाम यस लिस्टमा पर्दछ । उनले पनि अहिले फिल्ममा काम नगरी करोडौं कमाई गर्छिन् ।

यी अधिकांश अभिनेत्रीले विज्ञापन, मोडलिङ, सामाजिक संजाल र व्यापारिक प्रतिस्ठानबाट रकम आम्दानी गर्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved