आरती साहको न्यायका लागि प्रभु साह पनि धर्नामा

नेपालभ्युज

आरती साहको न्यायका लागि प्रभु साह पनि धर्नामा

काठमाडौं । आरती साहको न्यायका लागि पीडित परिवारले गरिरहेको धर्नामा प्रभु साह नेतृत्वको आम जनता पार्टीले ऐक्यवद्धता जनाएको छ ।

गत जेठ ७ गते धनुषास्थित थापाचोक–९ जनकपुरधाममा आरती साहलाई सासु, ससुरा, श्रीमान् र देवर मिलेर दाइजोको निउमा निर्घात कुटपिट गरेर हत्या गरेको भन्दै पीडित परिवारले माइतीघर मण्डलामा असार १ गतेदेखि २४ सै घण्टा धर्ना बस्दै आएका छन् ।

बुधबार आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत पार्टीका नेता, कार्यकर्ताहरु माइतीघर पुगेर धर्नामा ऐक्यवद्धता जनाएका हुन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष साहले पीडित परिवारले १४६ दिनसम्म धर्ना बस्दा पनि न्याय नपाउनु दुर्भाग्य भएको बताए ।

उनले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै खेद प्रकट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved