व्यवस्थामाथि खतरा बढेको सर्वदलीय निष्कर्ष, मिलेर प्रतिवाद गर्ने

सर्वदलीय बैठकले गणतन्त्रसँगै संविधानमाथिको प्रहारविरुद्ध सबै दल एक भएर प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।

नेपालभ्युज

व्यवस्थामाथि खतरा बढेको सर्वदलीय निष्कर्ष, मिलेर प्रतिवाद गर्ने

काठमाडौं । सर्वदलीय बैठकले गणतन्त्रसँगै संविधानमाथिको प्रहारविरुद्ध सबै दल एक भएर प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।

१२ बुँदे सम्झौतादेखि शान्ति र संविधानको यात्रासम्म सँगै रहेका दलहरुको सिंहदरबारमा बसेको बैठकले ठूलो लडाइँबाट प्राप्त उपलब्धी जोगाउन सबै एक हुने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताएकी हुन् ।

‘छिटफुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो’, बैठकपछि उनले भनिन्, ‘जीवनभरी लडेका परिवर्तन गरेका नेताहरू गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौं ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकार गलत ढङ्गबाट अगाडि बढेकाले समस्या भएको बताएको छ ।

बैठकपछि एमाले सचेतक महेशकुमार बर्तौलाले भने— हामीले बैठकमा सरकार गलत ढङ्गबाट अगाडि बढिरहेको बताएका छौँ ।

उनले सरकारकै कारण नागरिकमा आक्रोश बढेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved