राष्ट्रपतिले अस्पतालमै पुगेर भेटे भूकम्पका घाइते, घर बनाउन पहल गरिदिने आश्वासन

राष्ट्रपति रामचन्द्र पौडेलले  जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेट गरेका छन् । 

नेपालभ्युज

राष्ट्रपतिले अस्पतालमै पुगेर भेटे भूकम्पका घाइते, घर बनाउन पहल गरिदिने आश्वासन
जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले  जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते भएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेट गरेका छन् ।
बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनले  बिरामीको गुनासोसमेत सुनेका छन् ।
सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको  अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैगरीे भेरी–३स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रपति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताए ।
ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उनले अवलोकन गरेका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved