बल्ल ब्युँझियो समाजवादी मोर्चा, भन्यो- भूकम्पपीडित पुनर्स्थापना कार्यक्रम चाहियो

नेपालभ्युज

बल्ल ब्युँझियो समाजवादी मोर्चा, भन्यो- भूकम्पपीडित पुनर्स्थापना कार्यक्रम चाहियो

काठमाडौं । सत्तारूढ दलहरूसमेत सम्बद्ध समाजवादी मोर्चाले भूकम्पपीडितहरूको राहत तथा पुनर्स्थापनामा लाग्न आह्वान गरेको छ ।

भूकम्प गएको ३ दिनपछि विज्ञप्ति निकालेको मोर्चाले भनेको छ— सम्पूर्ण घाइतेहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्न, राहत प्रदान गर्न र पुनर्स्थापनाको लागि कार्यक्रम ल्याउन नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।

मोर्चाका संयोजक माधवकुमार नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा मोर्चासम्बद्ध दलका विभिन्न कमिटीहरूलाई पुनर्स्थपानको काममा लाग्न आग्रह गरेका छन् ।

गत १७ गते राति जाजरकोट केन्द्रबिन्दु पारेर आएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण जाजरकोट-रुकुमपश्चिमका झन्डै ४ हजार घर भत्किएका छन् भने १५५ भन्दा बढीको मृत्यु भएको छ ।

m


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved