माओवादी केन्द्रले मंसिर २२ मा काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित 

नेपालभ्युज

माओवादी केन्द्रले मंसिर २२ मा काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित 

काठमाडौं। नेकपा माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ। अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए।

जाजरकोटमा भूकम्प गएकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

‘मंसिर २२ को काठमाडौंको जनपरिचालन मात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् रहेको महासचिव गुरुङले बताए।

माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको  थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved