महामन्त्रीद्वयको संयोजकत्वमा कांग्रेसको जाजरकोट भूकम्प सहजीकरण समिति

नेपालभ्युज

महामन्त्रीद्वयको संयोजकत्वमा कांग्रेसको जाजरकोट भूकम्प सहजीकरण समिति

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वय थापा-शर्माको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माकाअनुसार बैठकले भूकम्पपीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved