अर्नाले भूकम्प पीडितका लागि २५ लाख दिने

नेपालभ्युज

अर्नाले भूकम्प पीडितका लागि २५ लाख दिने

काठमाडौं । यति ब्रुअरी लिमिटेडले भूकम्प पीडितहरूका लागि सहयोगार्थ २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेकाे छ । शनिबार साँझ सामाजिक सञ्जालमा एक पाेष्ट शेयर गर्दै अर्ना बियरले यस्तो घाेषणा गरेकाे हाे ।

‘​विपदको यस घडीमा सबैले आआफ्नो ठाउँबाट यथाशक्य सहयोग गर्नु हामी सबै नेपाली नागरिक तथा सङ्घ संस्थाहरूको सामूहिक जिम्मेवारी ठहर्दछ’ अर्नाले फेसबुकमा लेखेको छ, ‘अत: सबैको सहयोगको हातेमालोको अपेक्षा गर्दै यस यति ब्रुअरी लि. (अर्ना बियर ) ले पनि भूकम्प पीडितहरुको सहयोगार्थ रु. २५ लाख सहयोग उपलब्ध गराउने घोषणा समेत गर्दछौं ।’

‘शुक्रबारको मध्यरातमा जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्दछु । यति ब्रुअरी लिमिटेड परिवार,’ अर्नाले लेखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved