यूएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा

एसियाली छनोटको फाइनलमा ओमानसँग भिड्ने

मुलपानी क्रिकेट मैदानमा १३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट क्षतिमा १७ बल अघि नै पुरा गरेको थियो । नेपालको जितमा आसिफ शेखले ६३ रनको अविजित इनिङ्स खेले । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालभ्युज

यूएईलाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा

काठमाडौं। नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा पुगेको छ । एसियाली छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

नेपालले १० वर्षअघि विश्वकप खेलेको थियो । अघिल्लो पटक विश्वकपमा जानबाट रोकेको यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपालले बदला पनि लिएको छ ।

विश्वकप आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुँदैछ । एसियाली छनोटको फाइनल खेल्ने दुई टोली विश्वकपमा छनोट भएका छन् । नेपालले फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

मुलपानी क्रिकेट मैदानमा १३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट क्षतिमा १७ बल अघि नै पुरा गरेको थियो । नेपालको जितमा आसिफ शेखले ६३ रनको अविजित इनिङ्स खेले । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

कप्तान रोहित पौडेल पनि ३५ रनमा अविजित रहे । २१ बल खेलेका रोहितले ३ चौका र एक छ्क्का हानेका थिए । गुल्सन झा २२ र कुशल भूर्तेल ११ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन लिए ।

नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved