डिशहोमको अभियान अन्तर्गत टार्जनले जिते एक लाख

नेपालभ्युज

डिशहोमको अभियान अन्तर्गत टार्जनले जिते एक लाख

काठमाडौं । नेपालकै अग्रणी डि‍‍.टि.एच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गरी सञ्चालनमा ल्याएको योजना अन्तर्गत टार्जन गुरुङले नगद एक लाख रुपैयाँ जितेका छन् ।

उनले डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत कात्तिक १३ गते सोमबार भएको लक्की ड्र मार्फत विजेता भएर एक लाख रुपैयाँ जितेका हुन् ।

डिशहोमको यस योजना अन्तर्गत नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved