सरकारी भवनमा युवतीसँग पालिका अध्यक्षको दारु डान्स- ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ (भिडिओ)

भिडिओमा उनी हातमा रक्सीको बोतल समातेकी युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देखिन्छ। ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा नाचिरहेका छन्।

नेपालभ्युज

सरकारी भवनमा युवतीसँग पालिका अध्यक्षको दारु डान्स- ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ (भिडिओ)

काठमाडौं। कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारूले सरकारी कार्यालयमै मदिराको बोतलसहित नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ।

भिडिओमा उनी हातमा रक्सीको बोतल समातेकी युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देखिन्छ। गीत पनि गज्जबै बजाएका सुनिन्छ। ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा नाचिरहेका छन्।

त्यो डान्स पार्टी पालिकाकै एक सामुदायिक वन समितिको भवनभित्र हलमा भएको हो। भिडिओ सार्वजनिक भएपछि सरकारी कार्यालयमै ‘मदिरा पार्टी’ गरिएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्।

उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेका पालिका अध्यक्ष हुन्। उनको हर्कतले पदीय गरिमासमेत चकनाचुर भएको स्थानीले टिप्पणी गरेका छन्।

उता, पालिका अध्यक्ष चौधरीले भने ‘दशैंंका बेलाको कार्यक्रममा सामान्य मनोरञ्जनको लागि मात्रै नाचेको’ भन्दै प्रस्टीकरण दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved