अन्नपूर्ण बेसक्याम्प पुगेर पोखरा फर्किए गुटेरेस, अब लुम्बिनी जाने

नेपालभ्युज

अन्नपूर्ण बेसक्याम्प पुगेर पोखरा फर्किए गुटेरेस, अब लुम्बिनी जाने

काठमाडौं । नेपाल भ्रमणमा क्रममा अन्नपूर्ण बेसक्याम्प पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा फर्किएका छन् । अब उनी लुम्बिनी जाने कार्यक्रम छ ।

अन्नपूर्ण आधार शिविर पुगेर गुटेरेसले जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् । सोमबार पोखरा आएका उनले फेवातालमा डुंगा सयर गरेका थिए ।

गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी पुगेका छन् । लुम्बिनीमा करिब डेढ घण्टा बिताएर गुटेरेस काठमाडौं फर्कनेछन् ।

काठमाडौं आएर उनले संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved