महासचिव गुटेरेस र सभामुख घिमिरेबीच भेटवार्ता

नेपालभ्युज

महासचिव गुटेरेस र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

भेटमा महासचिव गुटेरेसले नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रसंघका महासचिवसँगको भेटमा सभामुख घिमिरेले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पु¥याउन प्रतिबद्व रहेको बताए ।

सभामुख घिमिरेले गुटेरेससँगको भेटमा नेपाल भगवान गौतम बुद्धको देश भएको उल्लेख गर्दै नेपाली शान्ति प्रिय रहेको पनि बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved