फिल्मका लागि यी बलिउड कलाकारका अनौठा ‘शर्त’

नेपालभ्युज

फिल्मका लागि यी बलिउड कलाकारका अनौठा ‘शर्त’

एजेन्सी । जसरी फिल्महरु चल्दै जान्छन् त्यसरी नै कलाकारको भाउ पनि बढ्दै जान्छ । यसरी नै उनीहरुका विभिन्न माग आउन थाल्छन् ।

जति ठूला कलाकार त्यति नै धेरै अनौठा स्थिति तथा शर्त राख्ने गर्छन् । त्यस्तै आज हामी केही रोचक कुरा बताउनेछौं ।

बलिउड अभिनेता शाहरुख खानले कुनै पनि फिल्ममा घोडामा चढ्न चाहँदैनन् । उनको फिल्म गर्दा यही शर्त हुन्छ कि यदी घोडामा चढ्ने खालको कुनै भूमिका छ भने त्यो उनी गर्न चाहँदैनन् ।

त्यस्तै अभिनेता सलमान खानको पनि आफ्नै प्रतिज्ञा छ । जसलाई उनी फिल्मका लागि त्याग्न चाहँदैनन् । उनले फिल्मका लागि कहिल्यै पनि अन्तरंग वा इन्टीमेट सीन गर्न चाहँदैनन् ।

अर्का अभिनेता आमिर खानको पनि अनौठो शर्त छ । उनले फिल्ममा कुनै पनि प्रकारको ‘लो एंगल’ शट दिन मान्दैनन् ।

त्यस्तै फिल्ममा काम गर्नुअघि ऋतिक रोशनको शर्त हुन्छ उनको खाना पकाउने व्यक्ति पनि साथमा हुनुपर्दछ ।

अभिनेत्री सोनाक्षी सिन्हाले पनि फिल्ममा बोल्ड सीन नदिने शर्तमा नै काम गर्ने गर्छिन् । त्यस्तै अभिनेता अक्षय कुमारको आफ्नै शर्त छ ।

उनले आइतबारका दिन काम गर्न चाहँदैनन् । त्यस दिन उनका लागि छुट्टीको दिन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved