इजरायलमा मृत्यु भएका नेपालीमध्ये ४ जनाको शव आइतबार ल्याइने

‘सम्पर्कविहीन विपिनको खोजी हुँदै’

नेपालभ्युज

इजरायलमा मृत्यु भएका नेपालीमध्ये ४ जनाको शव आइतबार ल्याइने

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव शनिवार दिउँसो नेपाल पठाइने इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

चारजनाको शव सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर भोलि दिउँसो १ बजेर २५ मिनेटको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागिएको तेल अभिभमा रहेको नेपाली दूतावासल शुक्रबार  सूचनामार्फत जानकारी दिएको छ ।  इजरायलबाट दुबई हुँदै फ्लाई दुबईको उडान आइतवार काठमाडौं आइपुग्ने दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved