एनआरएनएको विवाद झन् चर्कियो, परिणामप्रति असन्तुष्ट समूहले दियो साइबर ब्यूरोमा उजुरी

नेपालभ्युज

एनआरएनएको विवाद झन् चर्कियो, परिणामप्रति असन्तुष्ट समूहले दियो साइबर ब्यूरोमा उजुरी

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो ।

अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएपनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको, भेरो भोटिङ अनलाइन कम्पनी रसियन भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको उनले बताए । उनले यस नतिजाले ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए ।

उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए । साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको उनले बताए ।

त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved