‘मेरा बच्चा र श्रीमतीलाई छोडिदेउ’ भन्दै रोए राज कुन्द्रा

नेपालभ्युज

‘मेरा बच्चा र श्रीमतीलाई छोडिदेउ’ भन्दै रोए राज कुन्द्रा

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्राको फिल्म यूटी ६९ को ट्रेलर सार्वजनिक भएको छ । व्यापारीबाट अभिनेता बनेका कुन्द्रा ट्रेलर सार्वजनिक कार्यक्रममा एकदमै भावुक देखिए ।

उनी पुराना दिनलाई सम्झिएर रुन थाले । आँसु पुछ्दै उनले सबैसँग गुहार मागे कि आफ्ना श्रीमती छोराछोरीलाई समस्या नदिइयोस ।

राज कुन्द्राले पोर्नोग्राफी मुद्दामा ६३ दिन जेलमा बिताएका थिए । जहिलेदेखि उनी जेल बाहिर आए, त्यसपछि उनलाई सबैको गाली सुन्नु परिरहेको छ । यति मात्र नभएर एक युजर्सले उनकी श्रीमती तथा बच्चालाई समेत छोडेनन् । यस विषयमा राज भावुक भए ।

उनले भने, “यो मेरो परिवारका लागि एकदमै दर्दनाक थियो । मलाई जे भन्न छ भन । मेरो परिवारले तपाईंहरुको के बिगारेको छ ?’ राज यसो भनेर माफी माग्दै पछाडि पर्खिए आँसु पुछ्दै ।

यसका साथै उनले फिल्मको बारेमा पनि भने कि रुनका लागि ग्लिसिरिनको प्रयोग गर्नुपरेको थिएन । राजले भने, “जब मैले र शिल्पाले सात दिनसम्म कुरा गरेका थिएनौं । जब पहिलोपटक जेलमा फोन आयो म रोएको थिएँ । सञ्चोविसञ्चो बाहेक अरु केही कुरा पनि हुन सकेन ।”

उनको फिल्म ३ नोभेम्बरमा सिनेमाघरमा रिलीज हुनेछ । यो फिल्म शाहनवाज अलीले निर्देशन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved