विश्वकप क्रिकेटमा अर्को उलट्फेर : नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हरायो

अफगानिस्तानले इङ्ल्याण्डलाई हराएको दुई दिनपछि नेदरल्याण्ड्सले पनि उस्तै उलट्फेर गरेर विश्वकपलाई रोमाञ्चक बनाएको छ । 

नेपालभ्युज

विश्वकप क्रिकेटमा अर्को उलट्फेर : नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं । विश्वकप क्रिकेटमा अर्को एउटा अनपेक्षित नतिजा आएको छ । नेदरल्याण्ड्सले टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई ३८ रनले हराएको छ ।

अफगानिस्तानले इङ्ल्याण्डलाई हराएको दुई दिनपछि नेदरल्याण्ड्सले पनि उस्तै उलट्फेर गरेर विश्वकपलाई रोमाञ्चक बनाएको छ ।

एकदिवसीय विश्वकपको इतिहासमै नेदरल्याण्ड्सले पहिलो पटक दक्षिण अफ्रिकालाई हराएको हो । सन १९९६ मा विश्वकप खेल्न थालेको नेदरल्याण्ड्सले इतिहासमै दोस्रो जित हात पारेको छ ।

जारी विश्वकपमा भने नेदरल्याण्ड्सको यो पहिलो जित हो । दक्षिण अफ्रिकाले यसअघि लगातार दुई खेल जितेको थियो ।

२४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ बल रहँदै २०७ रनमा अलआउट भयो । वर्षाका कारण खेल ४३ ओभरमा घटाइएको थियो ।

साउथ अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ र केशव महाराजले ४०  रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

त्यसअघि नेदरल्याण्ड्सले पहिले ब्याटिङ गर्दै पुरै ओभरमा ८ विकेट गुमाउँदै २४५ रन बनाएको थियो ।

उसका लागि स्कट एडवर्डले अविजित ७८ रन बनाए । ६९ बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved