खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गर्‍यो खसी-बोकाको बिक्री (तस्वीरहरू)

जिउँदो खसी र बोकाको मूल्य प्रती केजी ६८० र च्यांग्राको मूल्य प्रतिकेजी १२६० मा कम्पनीले बिक्री बितरण सुरु गरेको हो । असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी, बोका र च्यांग्राको मूल्य निर्धारण गरेको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गर्‍यो खसी-बोकाको बिक्री (तस्वीरहरू)

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्राको आज मङ्गलबार बिहानदेखि बिक्री वितरण सुरु गरेको छ।

जिउँदो खसी र बोकाको मूल्य प्रती केजी ६८० र च्यांग्राको मूल्य प्रतिकेजी १२६० मा कम्पनीले बिक्री वितरण सुरु गरेको हो । असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी, बोका र च्यांग्राको मूल्य निर्धारण गरेको थियो।

उल्लेखित मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीले जनाएको छ। यो वर्षको दशैंमा कम्तीमा दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ।

आज बिहानैदेखि कम्पनीको थापाथली स्थित बिक्री केन्द्रमा खसी, बोका र च्यांग्रा किन्न ग्राहकको भिड लागेको छ। तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved