इजरायलमा मृत्यु भएकामध्ये पाँच जनाको शव छिट्टै ल्याइँदैछ: परराष्ट्रमन्त्री

नेपालभ्युज

इजरायलमा मृत्यु भएकामध्ये पाँच जनाको शव छिट्टै ल्याइँदैछ: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका पाँच जनाको शव छिट्टै नेपाल ल्याइने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये पाँच जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी दिएका हुन् ।

मृतक अन्य पाँच जनाको भने शव परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने उनले बताए ।

उनले अज्ञात विपिन जोशीको पनि खोजी भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved