सामसङले ल्यायो नेपालमा सामसङ २०२३ टीभी सिरिज, उत्कृष्ट कनेक्टेड एक्सपिरियन्स

नेपालभ्युज

सामसङले ल्यायो नेपालमा सामसङ २०२३ टीभी सिरिज, उत्कृष्ट कनेक्टेड एक्सपिरियन्स

काठमाडौं । १७ वर्षदेखि विश्वको नम्बर १ टेलिभिजन ब्रान्डको स्थान कायम राख्न सफल रहेको सामसङले आफ्नो क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभी सेटहरूको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टीभीहरूको लन्च गरेको छ ।

यो सिरिजको टीभीहरू यही वर्षको दशैं–तिहारको लागि नेपालमा आइसकेका कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो नयाँ लाइन–अपको टीभीहरू ४३” देखि ८५” सम्मका विभिन्न साइजमा उपलब्ध छन् ।

नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टीभी र क्यूएलईडी टीभीमा सामसङको फ्ल्यागसिप फिचरहरू पनि जडित छन् ।

जस्तै सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा आदि । यी टीभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एड्जस्ट गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ ।

यसैसँगै सी–सिरिजका टीभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् । धेरै पार्टहरू पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङ गर्न सकिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved