मात्र १० रुपैयाँमा भएको थियो आमिर खानको विवाह

नेपालभ्युज

मात्र १० रुपैयाँमा भएको थियो आमिर खानको विवाह

एजेन्सी । आमिर खानलाई बलिउडका मिस्टर परफेक्शनिस्ट भनिन्छ । ५८ वर्ष भइसक्दा पनि उनका चाहनेहरुको कमी छैन । यसको एकमात्र कारण हो उनको शानदार अभिनय ।

आमिरको प्रोफेशनल जीवन त सही नै चलिरहेको छ तर उनको व्यक्तिगत जीवन भने सधैं उतारचढाव मै रह्यो । आमिरको पहिलो विवाह सन् १९८६ मा रीना दत्तासँग भएको थियो जसबाट उनका दुई वटा बच्चा छन् । १६ वर्षको वैवाहिक जीवनपछि उनीहरुबीच सम्बन्धविच्छेद भएको थियो ।

आमिरले एक भारतीय मिडियामा दिएको अन्तरवार्तामा आफ्नो पहिलो विवाहसँग जोडिएको रोचक कुरा बताएका थिए ।

उनले भनेका थिए, “मैले रीनासँग अदालती विवाह गरेको थिएँ ।” उनले अगाडि भने, “मैले बसको ५० पैसाको टिकट लिएँ र त्यहाँबाट बान्द्रा वेस्ट स्टेशन गएँ । त्यसपछि पैदल पुल तरेर विवाह दर्ता गर्ने अफिसमा गएँ, यसरी मेरो विवाहको खर्च मात्र १० रुपैंया आएको थियो ।”

त्यस्तै कार्यक्रम कफी विद करणलाई दिएको एक अन्तरवार्तामा उनले आफूलाई दुःख लागेको बताएका थिए । किनकी उनले कामको कारणले आफ्ना दुई वटी श्रीमती र तीन जना बच्चासँग धेरै समय बिताउन नसकेको बताएका थिए ।

आमिरले सन् २००५ मा किरण रावसँग दोस्रो विवाह गरेका थिए जसबाट उनको एउटा छोरा छ । तर उनको यो सम्बन्ध पनि धेरै चल्न सकेन् र सन् २०२१ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

आमिरले दुवै श्रीमतीसँग सम्बन्धविच्छेद गरेपनि अहिले पनि उनी रीना र किरणसँग राम्रो सम्बन्ध शेयर गर्छन् । हप्तामा एकपटक उनी आफ्ना पूर्व श्रीमती तथा छोराछोरीसँग जरुर भेटघाट गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved