विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार तेस्रो जित, बंगलादेश ८ विकेटले पराजित

नेपालभ्युज

विश्वकप क्रिकेटमा न्युजिल्याण्डको लगातार तेस्रो जित, बंगलादेश ८ विकेटले पराजित

काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको छ ।

शुक्रबार चेन्नईमा भएको खेलमा २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२।५ ओभरमा पार गर्यो ।

डेरी मिचेलले ८९ र केन विलियम्सनले ७८ रन बनाएपछि सहज जित सम्भव भएको थियो । डेभोन कन्वेले ३४ रनको योगदान गरे ।

यो न्युजिल्याण्डको लगातार तेस्रो जित हो । न्युजिल्याण्डले पहिलो खेलमा साबिक विजेता इंग्ल्याण्ड र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । बंगलादेशका लागि मुसफिकुर रहमानले सर्वाधिक ६६ रनको योगदान दिए ।

न्युजिल्याण्डका लागि लोकी फर्गुसनले ३ तथा ट्रेन्ट बोल्ट र म्याट हेनरीले २–२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved