एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता स्वीकार्य हुन्न : ओली

नेपालभ्युज

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता स्वीकार्य हुन्न : ओली
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन् ।

अध्यक्ष ओलीले पार्टी भित्रको अराजकतालाई एक इन्च  स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई निर्देशन दिए । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबधिएको मानिस पार्टीमा हुनै नसक्ने बताए । अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको बताए ।

उनले भने, ‘पार्टी पार्टीको ढंगले हिँडदैन । त्यसर्थ, पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ, केन्द्रियता नभई पार्टी हुनै सक्दैन ।’

उनले पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ? भन्ने  प्रश्न समेत गरे । ‘पार्टी भनेको अनुशासन युक्त हुन्छ । ‘त्यसकारण सुदृढ अनुशासन पार्टीमा चाहिन्छ । अहिले हाम्रो पार्टीमा बझ्न पर्ने कुरा पार्टीमा अनुशासन चाहिन्छ भन्ने कुरा हो, उनले भने ‘म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु–जहाँ पनि अराजकतालाई कहीँ पनि  एक इन्च पनि स्विकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्नेले पार्टी बुझ्दै बुझेन ।’

‘पार्टीको संरचनालाई स्विकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ? त्यसकारण पार्टीको संरचना नीति स्विकार गर्नु पर्दछ, उनले भने ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved