लाओसविरुद्ध अन्जनको कीर्तिमानी गोल, खेल बराबरीमा

नेपालभ्युज

लाओसविरुद्ध अन्जनको कीर्तिमानी गोल, खेल बराबरीमा

काठमाडौं। राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पर्न सफल भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्ध जारी खेलमा अन्जनले नेपालको लागि किर्तिमानी गोल गरेका हुन्।

यससँगै खेल १–१ को बराबरी पुगेको छ। अन्जनले भने हरि खड्का र निराजन रायमाझीको नाममा रहेको सर्वाधिक १३ गोलको किर्तिमान बराबरी गरेका हुन्।

खेलको ४७ औं मिनेटमा अन्जनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा पुर्‍याए। सन् २०१४ मा फिलिपिन्सविरुद्धको खेलमा अन्जनले राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved