हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

वीरेन्द्रनगर। सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या आएपछि जाजरकोटको बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतलाई रुकुम पश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो ।

मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

चौरजहारी अस्पतालबाट बस्नेतका साथमा एक जना डाक्टर पनि पठाइएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved