कर्णालीमा लागुऔषधविरुद्ध ‘लालटिन अभियान’ सुरु

कर्णालीमा लागुऔषधविरुद्ध ‘लालटिन अभियान’ सुरु

सुर्खेत। कर्णाली प्रदेशमा लागुऔषधविरुद्ध लालटिन अभियान सुरु भएको छ। प्रहरीले लागुऔषधविरुद्ध ‘लालटिन अभियान’ सुरु गरेको हो ।
अभियानको उद्घाटन गर्दै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागुऔषध विरुद्धको लालटिन अभियान सार्थता पाउने बताए ।

‘लागुऔषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको छ ।’ उनले भने,‘सिङ्गो समाज यसविरुद्ध एकजुट हुनुपर्ने अवस्था आएको छ ।’
सीमा नाकामा हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ-संस्थाको महत्त्वपूर्ण भूमिका हुने उपप्रधानमन्त्री खड्काले बताए ।

‘सीमाबाट हुने लागुऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहेको छ ।’ उनले भने, ‘नागरिकहरू सचेत नभए अहिलेको अवस्थाबाट भोलिका दिनमा अझ भयाभह अवस्था आउन सक्छ ।’

लागुऔषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्यांकले देखाएको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख भीम ढकालले बताए । ‘उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको छ ।’ उनले भने,‘यसको नियन्त्रणका लागि प्रहरीले यो अभियान सुरु गरेको हो ।’

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८० का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved