इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने

सरकारले इजरायल आक्रमणमा परी ज्यान गुमाएका नेपालीको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरिएको छ ।

नेपालभ्युज

इजरायलमा मृत्यु भएका नेपालीको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने

काठमाडौं । सरकारले इजरायल आक्रमणमा परी ज्यान गुमाएका नेपालीको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरिएको छ ।

त्यस्तै सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैको खर्च सरकारले नै बेहोर्ने छ ।

त्यस्तै अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने पनि बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved