इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

नेपालभ्युज

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाख दिने

काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले इजरायलमा निधन भएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले यस्तो घोषणा गरेका हुन् ।

अहिलेसम्म हमासको आक्रमणमा सातजना सुदूरपश्चिमका विद्यार्थीको ज्यान गइसकेको छ। केही अझै सम्पर्कविहीन छन् ।

घटनाप्रति दु:ख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन छिटोभन्दा छिटो कदम चाल्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved