अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

नेपालभ्युज

अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरु हार्तान्तो सुबोलोबीच भेटवार्ता भएको छ ।

महासंघको सचिवालय टेकुमा बुधवार भएको भेटवार्तामा दुई देशबीचको आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको महासंघले जनाएको छ ।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनःस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका थिए ।

इन्डोनेसियाले कोभिड महामारीदेखि नेपालीहरूलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतसमेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबीच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गरेका छन् ।

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताएका छन् ।

उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुनःस्थापनाका लागि आफूले पहल गर्ने बताए । नेपाली व्यवसायीले इन्डोनेसियामा धेरै वस्तुहरू निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved