यो व्यवस्थाको जग नै ‘जनयुद्ध’ हो, फागुन १ गतेको बिदा संशोधन हुँदैन : सरकार

नेपालभ्युज

यो व्यवस्थाको जग नै ‘जनयुद्ध’ हो, फागुन १ गतेको बिदा संशोधन हुँदैन : सरकार

काठमाडौं । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको भन्दै उक्त दिन सार्वजनिक बिदा दिनु स्वभाविक भएको दोहोर्‍याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त बिदाप्रति संसदमै आपत्ति जनाएपछि सरकारले यस्तो बताएको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने पनि बताइन् ।

‘आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो’, उनले भनिन्, ‘यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।’

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved