एनिमिया हुँदा आँखामा देखिन्छन् यस्ता संकेत

नेपालभ्युज

एनिमिया हुँदा आँखामा देखिन्छन् यस्ता संकेत

एजेन्सी । प्रायः मानिसहरूको जीवनशैली तथा खानपानमा परिवर्तन भइरहने गर्दा स्वास्थ्यमा कैयौं समस्याहरू देखिन थाल्छन् । त्यस्तै, एनिमियाको समस्या हुँदा आँखाबाट थाहा पाउन सकिन्छ । एनिमियामा आँखामा कस्ता संकेत देखिन्छन् जानौं।

– शरीरमा पोषणको कमी हुँदा कमजोरी हुन थाल्छ । यसले इम्युनिटीमा पनि असर गर्न थाल्छ । जसले गर्दा शरीरमा संक्रमण हुने खतरा बढ्न थाल्छ ।

– शरीरमा आइरनको कमी हुँदा एनिमिया हुने खतरा बढ्छ । यसक्रममा शरीरमा रगतको कमी हुन थाल्छ जसले गर्दा आँखामा पनि यसको प्रभाव देखिन्छ ।

– एनिमिया हुँदा कन्जक्टिवा यानिकि आँखाको सेतो भागलाई ढाक्ने झिल्ली पहेंलो देखिन थाल्छ । यस्तो शरीरमा हेमोग्लोबिनको कमीले गर्दा हुन्छ ।

– एनिमिया हुँदा आँसु बन्ने ग्रन्थी प्रभावित हुन थाल्छ । यसले आँखासम्म अक्सिजन पुग्न समस्या हुन्छ जसले गर्दा आँखामा सुक्खापन आउन थाल्छ ।

– एनिमियामा हुँदा बिलीरुबिनको मात्रा बढ्न थाल्छ । जसले गर्दा आँखाको सेतो भाग पहेंलो देखिन थाल्छ । त्यस्तै, आँखामा अक्सिजनको कमी हुन थाल्छ जसले गर्दा आँखाको कार्य गर्ने गति पनि सुस्त हुन थाल्छ । यसले धमिलो देखिने समस्या हुन्छ ।

– एनिमियमा आँखामा देखिन अर्को समस्या भनेको आँखाको नसामा दबाब पर्न थाल्छ । जसले गर्दा आँखाको नसा फैलिने तथा तन्किने समस्या पनि आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved