संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइनः सांसद पौडेल

नेपालभ्युज

संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइनः सांसद पौडेल
फाइल तस्वीर

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले एमाले अध्यक्ष ओलीको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताएका हुन् ।

उनले ओली गणतन्त्र विरोधी भएको र आफूहरुले जनयुद्ध गरेकै कारण गणतन्त्र आएको भन्दै जनयुद्धको विरोध गर्नु उपयुक्त नहुने बताए । उनले ओलीले संसदमा देवदुतले जस्तो गरी उपदेश दिने गरेको भन्दै टिप्पणी गरे । ओलीले संसदीय गणितमा आफु अल्पमतमा परेको भावना मात्रै अभिव्यक्ति गर्ने गरेको उल्लेख गरे।

‘जतिबेला उहाँले नेपालमा  गणतन्त्रको यात्रा गर्नु भनेको बयलगाढा चढेर अमेरिका जाने हो भन्ने कुरा गर्नुहुन्थ्यो त्यही बेलामा नेपालमा राजतन्त्रको अन्त्य सम्भव छ र संविधान सभाबाट संविधान बन्नुपर्छ भनेर हामी आन्दोलनमा थियौँ’ उनले भने, ‘त्यो आन्दोलनलाई निकै नकारात्मक रुपमा उहाँले चित्रण गर्नुभयो र यो कुनै भिजन, दृष्टिकोण भन्दापनि गणितमा आफु अल्पमतमा परेको र सरकार सञ्चालन गर्न नपाएको भावनाको प्रकटीकरण हो । संसदमा गणित नपुगेको असन्तुष्टिको पोको हो ।’

उनले संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही नभएको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved