बझाङ हल्लिन छाडेन : बेलुका ५ म्याग्निच्यूटका दुई भूकम्प

सुदूरपश्चिममा आज दिनभरी नै भूकम्पले हल्लाइरहेको छ । बझाङमा बेलुका फेरि दुईवटा मध्यम आकारका भूकम्प गएका छन् ।

नेपालभ्युज

बझाङ हल्लिन छाडेन : बेलुका ५ म्याग्निच्यूटका दुई भूकम्प

काठमाडौं । सुदूरपश्चिममा आज दिनभरी नै भूकम्पले हल्लाइरहेको छ । बझाङमा बेलुका फेरि दुईवटा मध्यम आकारका भूकम्प गएका छन् । दुवै भूकम्पको तिव्रता ५ म्याग्निच्यूट मापन गरिएको छ ।

बेलुका पाँच बजेर १९ मिनेटमा बझाङको हेमन्तवाडा नजिकै केन्द्र बनाएर भूकम्प गएको छ । त्यसको केही समयमै पाँच बजेर ३८ मिनेटमा हेमनतवाडा, कडेल गाउँ र भोटेखोलाको बीचमा केन्द्र बनाएर अर्को भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रले दुवैको तिव्रता पाँच म्याग्निच्यूट भनेको छ । यो सँगै आज दिनभरीमा बझाङ केन्द्र बनाएर सातवटा भूकम्प गएका छन् । तिमध्ये चारवटा पाँच म्याग्निच्यूट भन्दा माथिका छन् । सबैभन्दा ठूलो भूकम्प दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूटको गएको थियो ।

थप समाचार पढ्नुहोस :

बझाङमा भूकम्प जाने क्रम जारी, अहिलेसम्म ४ म्याग्निच्युट माथिका ६ वटा धक्का

बझाङ भूकम्प: अस्पतालमा बिरामीलाई भवन बाहिरै सेवा, गर्भवती महिलालाई निकालियो प्राङ्गणमा

हल्लियो सुदूरपश्चिम, बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved