बझाङमा ठूलो भूकम्प

नेपालभ्युज

बझाङमा ठूलो भूकम्प

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा आज ठूलो भूकम्प गएको छ । भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार बझाङको चैनपुर आसपास केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले ३ बजेर ६ मिनेटमा उक्त भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का पश्चिम नेपालका अधिकांश जिल्लामा महशुस गरिएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको खबर प्राप्त हुन सकेको छैन ।

नेपालको सुदूरपश्चिम क्षेत्रमा जुनसुकै बेला पनि ठूलो भूकम्प जान सक्ने विज्ञले चेतावनी दिँदै आएका छन् । केही महिनायता त्यस क्षेत्रमा साना ठूला भूकम्प जाने क्रम तिब्र भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved