एमाले कर्णाली अधिवेशनमा सुरु भयो मतगणना

नेपालभ्युज

एमाले कर्णाली अधिवेशनमा सुरु भयो मतगणना

सुर्खेत। नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

सोमबार बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको मतगणना  प्राविधिक तयारीका कारण केही घण्टा ढिलो सुरु गरिएको हो ।

वीरेन्द्रनगरको सिटी हलमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । जसमा ६०९ मत खसेको थियो ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved