एसियाली खेलुकदः महिला भलिबलमा नेपालको यात्रा समाप्त

नेपालभ्युज

एसियाली खेलुकदः महिला भलिबलमा नेपालको यात्रा समाप्त

काठमाडौं। १९ औं एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोलीको यात्रा समाप्त भएको छ।

चीनको हान्जाउमा जारी प्रतियोगितामा नेपाल समूह सीको दुवै खेलमा पराजित भएको हो।

सोमबार नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल दक्षिण कोरियासँग पहिलोमा २५–२१, दोस्रोमा २५–१४ र तेस्रोमा २५–११ ले पराजित भयो।

पहिलो खेलमा भने नेपाल भियतनामसँग हारेको थियो। भियतनामसँग नेपाल २५–४, २५–१६ र २५–१३ ले पराजित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved