डिसहोमको “हरेक हप्ता सुपरस्टार सिजनको मेगास्टार” अभियानको विजेतालाई पुरस्कार प्रदान

नेपालभ्युज

डिसहोमको “हरेक हप्ता सुपरस्टार सिजनको मेगास्टार” अभियानको विजेतालाई पुरस्कार प्रदान

काठमाडौं। “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजनाअन्तर्गत रानिवास भोजपुरका भूपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमै पुगेर डिस मिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा उनको परिवारलाई नगद १ लाख हस्तान्तरण गरेको हो ।

डिस मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित उक्त पुरस्कार रकम प्रदान गरेको हो ।

२०८० असोज ८ गते सोमबार भएको लक्की ‘ड्र’ मार्फत रानिवास भोजपुरका राईले नगद एक लाख जितेका हुन् ।

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिसहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’ मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै,यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिसहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान आश्विन १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved