गौहत्याको विरोधमा जनकपुरमा पनि प्रदर्शन

नेपालभ्युज

गौहत्याको विरोधमा जनकपुरमा पनि प्रदर्शन

जनकपुरधाम । गौहत्याको विरोधमा जनकपुरमा पनि प्रदर्शन गरिएको छ । देशका विभिन्न भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रवार जनकपुरमा र्‍यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।

गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो विरोध प्रदर्शन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए। उनले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रर्दशन जारी रहने चेतावनी समेत दिए ।

‘८४ प्रतिशत यो हिन्दुको देशमा गौहत्या गरेका छन् तर सरकारको यसमा ध्यानाकर्षण जुन ढंगले हुनुपर्ने थियो, त्यो भइराखेको छैन । यसैको विरोधमा हामीले जनकपुरधाममा विरोध र्‍याली निकालेका हौं । गौहत्या बन्द गर्नुपर्छ’ उनले भने, ‘गौ हाम्रो सनातनको देउता हो, मातातुल्य हो यसमा सरकारले कारबाही नगरेपछि हामीले विरोध र्‍याली निकालेको हो । गौ हत्या बन्द भएन, कारबाही भएन भने हामी निरन्तर आन्दोलन गर्नेछौं ।’

जानकी मन्दिरबाट निकालिएको सो र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved