राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्छु : मन्त्री गुरुङ

नेपालभ्युज

राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्छु : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए । उनले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताए ।

‘म गाउन जान्दिन तर सधैँ म समय पाएँ भने सुनिरहन्छु । मनमनै गुन्गुनाउन मन लाग्छ, गुन्गुनाउँछु बाहिर आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ’ उनले भने, ‘नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा सधैँ लडेर तपाईहरुको बीचमा निष्ठाको राजनीतिज्ञका रुपमा उभिएर निष्ठाको राजनीति गरेर  मर्न चाहन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved