एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार

नेपालभ्युज

एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलमात्र उम्मेदवार

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने उनले बताए ।

एक दिन मतदान रोकेर गरेको छलफलपछि अध्यक्षका तीन उम्मेदवार पछि हटेका छन् । वर्तमान अध्यक्ष केशव पाण्डेले बिहीबार विहानै उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका थिए ।

यस्तै  साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेका छन् ।

अहिले सहमतिको प्रयास जारी रहेको बताइएको छ । यद्यपी अध्यक्षमा उम्मेदवारी दिएका ढुंगेल र दाहाल अडानबाट पछि हटेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved