झापाको मार्की खेलाडीमा अञ्जन विष्ट

नेपालभ्युज

झापाको मार्की खेलाडीमा अञ्जन विष्ट
तस्वीर स्रोतः झापा एफसी/फेसबुक

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीले अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा टोलीमा आबद्ध गरेको छ।

बिहीबार झापाले एनएसएलको दोस्रो संस्करणका लागि अञ्जन मार्की खेलाडी भएको सार्वजनिक गरेको हो। पहिलो संस्करणमा भने अञ्जन ललितपुर सिटी एफसीसँग कप्तानको रूपमा आबद्ध थिए।

राष्ट्रिय फुटबल टोलीको लागि १२ गोल गरिसकेका मिडफिल्डर अञ्जनले पहिलो संस्करणमा उत्कृष्ट फरवार्डको अवार्ड पनि जितेका थिए।

मंसिर ८ देखि काठमाडौंमा सुरु हुने एनएसएलमा कुल ९ टोलीको सहभागीता रहेको छ। यस्र्त, एफसी चितवनले विशाल श्रेष्ठ, बुटवलले एरिक विष्ट र धनगढीले आशिष चौधरीलाई मार्की खेलाडी सार्वजनिक गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved